
सदरमुकामभित्रको एउटा गाउँबाट २०६६ सालमा झोलाबोकी बजार पसेको भर्खर जस्तो जाग्छ । झण्डै ११ वर्ष पुगेछ । सञ्चार क्षेत्रमा काम गर्ने दौरानमा मेरा आफ्नै तिता र मिठा अनुभवहरु छन् । मेरो सौभाग्य भनौ या दुर्भाग्य भनौ स्थानीय ‘क’ वर्गमा वर्गिकृत भएको दैलेखको पहिलो पत्रिका धमाका राष्ट्रिय दैनिकसँग काम गर्ने अवसर मिल्यो । मलाई पत्रकारको ‘प’ र समाचारको ‘स’ शब्द नै थाहा नभएको एक मान्छेलाई अवसर दिनुहुने धमाका राष्ट्रिय दैनिकका प्रकाशक÷सम्पादक विष्णु शर्मालाई पहिलो श्रय जान्छ । धमाका राष्ट्रिय दैनिकमा काम गर्दै र सिक्दै गए । धमाकामा कामगर्ने क्रममा कयौ पटक मैले बिगारेको छु । विगार्ने क्रममा नरिसाई त्यसरी हैन यसरी गर्नुपर्छ भनेर सम्पादकज्यूले मलाई सिकाउनुहुन्थ्यो । त्यसरी सिकेको हुँ मैले पत्रकारिता । त्यसरी सिंक्दै र काम गर्दै गर्दा दुई चार जनाचिन्ने र चिनाउने मौका पाए । धमाकामा काम गर्दै गर्दा विभिन्न बाधा अड्चहरु सहनु प¥यो । कसैले गर्नु पर्छ गरे राम्रो हुन्छ भने, कसैले मैले काम गरेको देखिरे खुट्टातान्नसम्म लागि परे कसैको कुरा नसुनी निरन्तर आफ्नो काममा लागिरहे । लाग्दा लाग्दै म लगायत हाम्रो टिमले केही समयपछि दैलेख पहिचान साप्ताहिक पत्रिका संचालनमा ल्यायौं । दैलेख पहिचान साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादकको भूमिकामा रहेर काम गरे । स्थानीय स्तरमा पत्रिका संचलानमा ल्याउन हामीलाई निकै कठिन भयो । न कुनै आम्दानी छ, न कहि कतैबाट रकम आउने ठाउँ नै थियो । पत्रिका छपाई अनि पत्रिका बाड्नेलाई रकम दिनुपर्ने भयो हाम्रो टिमले पैसा उठाएर पत्रिका छपाई र बाड्नेलाई पैसा दिएको अँझै ताजै लाग्छ । –बाँकी ३ पेजमा ।
दैलेख पहिचान पत्रिका छापेको पैसा आफ्नै तलब काटेर एक वर्षसम्म तिरेको छु । एउटा सामान्य पत्रिका संचालन गर्न कति गाह्रो भनेर हरेक कुरा यहाँ पहुँच र पावरको भरमा चल्दो रहेछ । सरकारी कार्यालयहरु प्त्रिकाको पैसा दिन आनाकानी गर्ने विज्ञापन माग्दा विज्ञापन नै नदिने । यी यस्ता बाधा व्यवधानहरुबीचबाट सिक्ने मौका पाए त्यस्तो हुँदै नेपाल आदिवासी जनजाती पत्रकार महांसंघ फोनिज कर्णाली प्रदेशको उपाध्यक्ष समेत हुने मौका माए ।
स्थानीय स्तरबाट संचालित गज्जब नेपालको डेस्क एडिटरको भूमिकामा रहेर काम गर्ने मौका पाए । यहाँ सम्म पुग्न सबै धमाका राष्ट्रिय दैनिकलाई श्रय जान्छ । अँझै पनि म आफूलाई भाग्यमानी ठान्छु । आइसीआइडीद्वारा संचालित देशकै पहिलो खबर पालिकाखबरसँग काम गर्ने अवसर मिल्यो । यो मैले काम गर्न पाएको पहिलो राष्ट्रिय मिडिया हो ।










